
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुग्नुभएको थियो । प्रधानमन्त्री दाहाल त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उहाँको स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्