१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चिकित्सकमाथि हातपात भएको भन्दै मणिपाल शिक्षण अस्पतालको सबै सेवा बन्द


4.134k
Shares

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले अस्पतालका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

सोमबार साँझ आवासिय तथा इन्टर्न चिकित्सहरुले सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र दोषीलाई जेल चलाउने सुनिश्चितता नभएसम्मका लागि सेवा बन्द गर्ने जनाएका हुन् ।

अस्पतालमा ओपीडी, वार्ड, आइसीयू, आकस्मिक प्रयोगशाला लगायतका सेवा बन्द गरिएको पनि उनीहरुले जानकारी दिएका छन् ।

उपचारका लागि ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछी मृतकका आफन्तले सोमबार चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड समेत गरेका थिए ।

सोमबार दिनभर मणिपाल अस्पताल तनावग्रस्त रहेको थियो ।