१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लेखापरीक्षण गर्नेहरुको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छ : लिङ्देन


533
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए/नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो ।

उहाँले महालेखा परीक्षकहरुले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष लिङ्देनले हरेक वर्ष उच्च रुपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले बेरुजुको आधा हिंसा भन्दा बढी देशको अर्थतन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयय अन्तर्गत हुने कारण देशको ऐन कानून वा नेतृत्व बारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रष्ट हुन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिनु नहुने बताउनुभयो ।