
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अतुलनीय योगदान दिएका व्यक्तिलाई चिनाउने कार्यक्रम सरकारले तयार गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले वर्षभरका कार्यक्रम बनाउँदा देशका लागि अतुलनीय योगदान दिएका डा.गौरीशंकरलाल दासको कार्यक्रम राख्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले डा. दासले गरेका जीवनका कामहरुको बारेमा नयाँ पुस्तालाई चिनाउन र बुझाउन आवश्यक देखिएको बताउनुभयो । उहाँले नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र पनि छन् भनेर देखाउन सक्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले समाजमा आफ्नो र अर्काको नभनि नथाकी कन जनसेवामा खटिने व्यक्तिहरुलाई सरकारले सम्मान गर्न सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्