१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वयविरूद्ध मुद्दा दर्ता नभएकोबारे कारण देखाऊ आदेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाइ मुद्दा नचलाउनुको कारण माग गरेको छ ।

न्यायाधीश विनोद शर्माको मंगलबार बसेको एकल इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराई र पूर्व मुख्य सचिव पोखरेलविरुद्धक मुद्दा नचलाउनुको कारण माग गर्दै कारण देखाउ आदेश जारि गरेको हो ।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो , पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेका छ । शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले निवेदनलाई यसअघि ललिता निवास प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउँदाको विवादसँग सम्बन्धित निवेदन पनि एकैसाथ राखेर सुनुवाइमा पेश गर्न आदेश दिएको छ ।