
काठमाडौं । नेकपा एमाले बागमतीले मंसिरमा चुनाव भएकाले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ ।
बागमती प्रदेशको जारी अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मंसिर महिना निर्वाचनका लागि प्रतिकूल मौसम भएको निष्कर्ष निकालिएको हो ।
एमालेले मंसिर महिना अत्यधिक काममा व्यस्त रहनुपर्ने र भेटघाट अन्तरक्रियाका लागि समय अभावका कारण उनीहरू पनि परिचालित हुन नसकेको प्रतिबेदनमा उल्लेख छ । मतदातालाई मतदानकै दिन मतदान स्थलसम्म पुर्याउन नसक्दा भोट कम आएकोले आगामी निर्बाचनमा ध्यान दिनुपर्ने प्रतिबेदनमा उल्लेख छ ।
गोपनीयता कायम हुन नसक्दा पनि निर्वाचन परिणाममा एमाले कमजोर हुन पुगेको बागमती प्रदेशको विश्लेषण रहेको छ ।
प्रतिक्रिया दिनुहोस्