
एजेन्सी । अजरबैजानको नागोर्नो–काराबाख क्षेत्रलाई सेनाले नियन्त्रणमा लिएपछि अर्मेनियन मुलका नागरिकहरु देश छाड्न थालेका छन् ।
झण्डै १ लाख २० हजारभन्दा बढी अर्मेनियन नागरिकको बसोबास रहेको उक्त क्षेत्र गत साताबाट अजरबैजानको सेनाले पूर्ण नियन्त्रणमा लिएको थियो । त्सअघि सो क्षेत्र अर्मेनियम पृथक्तावादी समुहको अधिनमा थियो ।
अर्मेनिया र रुसको समर्थनप्राप्त उक्त पृथक्तावादी समुहविरुद्ध अजरबैजानको सेनाले दुई साताअघि कारबाही सुरु गरेको थियो । गत साता सम्पूर्ण हतियार सरकारी सेनालाई बुझाउने सर्तमा युद्धविराम भएको थियो ।
अजरबैजानको सरकारले नागोर्ना काराबाख क्षेत्रका अर्मेनियन मुलका नागरिकलाई पनि अजरबैजानकै शरह समान व्यवहार गर्ने आश्वाशन दिएपनि त्यहाँबाट नागरिक पालयन बढीरहेको छ ।
अर्मेनियाको सरकारले भने अजरबैजानले जातिय सफाय सुरु गरेको आरोप लगाएको छ । उक्त क्षेत्रबाट अहिलेसम्म ३० हजार नागरिक पलायन भएर शरणार्थीको रुपमा अर्मेनिया पुगेका छन् ।
नागोर्नो काराबाख क्षेत्र अजरबैजानको पहाडी इलाकामा पर्ने भएपनि वर्षौदेखी त्यहाँ अर्मेनियन नागरिकहरु बसोबास गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्