
फाइल तस्बिर
काठमाडौं । काठमाडौंको सबैभन्दा ठूलो धार्मिक पर्व इन्द्रजात्राको अवसरमा आज बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ ।
पूजामा ५०४ कुमारी देवीहरुको सहभागिता थियो । हरेक वर्ष इन्द्रजात्राको अवसरमा ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ ले कुमारी पूजाको आयोजना गर्दै आएको छ । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको हो ।
पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो । बेल विवाह नगरेका नेवार समुदायका २ देखि ८ वर्ष उमेर समूहका बालिकाहरु कुमारी पूजामा सहभागी भएका हुन् ।
कुमारी पूजा गर्दा उनीहरू स्वस्थ र सुरक्षित हुने जनविश्वास छ । प्रत्येक वर्ष इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्