१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपालमा उत्पादित टायल निर्यात गर्न कानून चाहियो : सांसद तिमल्सिना


156
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले कानूनी समस्याका कारण नेपालमा उत्पादित टायल विदेश निर्यात गर्न नसकिएको भन्दै सो समस्या समाधान गर्न माग गर्नुभएको छ ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले नेपालमा उत्पादित टायल विदेश निर्यात गर्न कानून नै नरहेको भन्दै सो समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालमा उत्पादित कतिपय साम्रगीहरु विदेश बेच्ने कानून नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमा पनि नेपाल आत्मनिर्भर रहेको उल्लेख गर्दै विदेशबाट काठ आयात गर्नु नहुने बताउनुभयो । त्यस्तै राजमार्गहरुमा सहजै सञ्चार सुविधा पाउने वातावरण बनाउन आवश्यक ठाउँमा टेलिफोन टावरहरु राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तिमल्सिनाले राष्ट्रिय गौरवको आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुनेगरी निर्माण कार्य हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।