१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशको अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा


5.993k
Shares

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

रामेछाप जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावमा ढुंगेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

दाहालको प्रस्तावकमा भने हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । सहमतिको प्रयास असफल भएपछि नेतृत्व चयनका लागि भोली मतदान हुने निश्चित भएको हो ।

निर्वाचन समितिले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशन गरेको छ । मतदान बिहीबार बिहानबाट पार्टी मुख्यालय च्यासलमा हुनेछ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।