
काठमाडौं । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् ।
बिहीबार बिहान नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बेपत्ता हुनेमा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोकका पंकज दाहाल रहेका छन् ।
नुहाउने क्रममा बेपत्ता भएका उनीहरुको खोजी भइरहेको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्