९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


प्रधानमन्त्री दाहालद्वारा मानसरोवर अवलोकन


377
Shares

काठमाडौं । चीन भ्रमणका क्रममा तिब्बतमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल हिन्दूहरुको पवित्र धार्मिकस्थल मानसरोवर पुग्नुभएको छ ।

ल्हासाबाट बिहीबार दिउँसो प्रधानमन्त्री दाहाल मानसरोबर जानुभएको हो ।

उहाँले मानसरोबरमा धार्मिक अनुष्ठान गरे नगरेको भने खुलेको छैन । प्रधानमन्त्री दाहाल शुक्रबार तिब्बतको छेन्दु जाने र पर्सी स्वदेश फर्किने कार्यक्रम छ ।