
काठमाडौं । सिक्किममा पनि इन्द्रजात्रा पर्व मनाइएको छ ।
सिक्किम नेवार गुथीको आयोजनामा इन्द्रजात्राको अवसरमा कुमारीको रथयात्रा निकालिएको हो ।
काठमाडौंकै राजकिय कुमारीको फोटो राखेर कुमारी रथ जात्रा निकाल्ने गरिन्छ । लाखय्, अष्ट मातृका गण सहित कुमारी जात्रा मनाइएको हो ।
सो अवसरमा धिमय् बाजा र नाज समेत प्रस्तुत गरिएको थियो । बेलायत, अमेरिका र अष्ट्रेलिया लगायत विभिन्न देशमा रहेका नेपाली समुदायले समेत इन्द्र जात्रा पर्व मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्