१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृषि फार्ममा चितुवाको आक्रमण, दुई सय कालिज मरे


5.46k
Shares

स्याङ्जा । स्याङ्जाको एक कृषि फार्ममा चितुवा पसेर आक्रमण गर्दा दुई सय कालिज मरेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले संचालन गरेकोे कृषि फार्ममा चितुवा पसेर आक्रमण गरेको हो ।

बिहीबार बिहान दाना पानी दिन फर्ममा पुुग्दा कालिज मरेका र घाइते कालिज छट्पटाएको देखेको फर्म सञ्चालक न्यौपानेले बताएका छन् ।

फार्ममा करिब २ सय २० को हाराहारीमा कालिज रहेकामा करिब १ सय ९० कालीजलाई चितुवाले आक्रमण गरेर मारेको सञ्चालक न्यौपानेको भनाइ छ ।

रातभर चितुवा फर्मभित्रै रहेकाले बढी क्षति भएको स्थानीयले बताएका छन् । करीब चार लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।