१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


एमाले बागमती प्रदेशको मतदान आज हुँदै


273
Shares

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको मतदान शुक्रबार हुँदैछ ।

अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै बिहीबार साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो ।

शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलको मात्रै उम्मेदवारी कायम भएको जनाइएको छ ।