
एजेन्सी । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रिय बैंकहरुले बिहीबार मुद्रा आदानप्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् ।
४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५ अरब युएई दिर्हाम नाममात्र मूल्यमा साटासाट गर्न सहमत भएका हुन् । यो सम्झौता इजिप्ट र युएईबीचको सम्बन्धलाई सबै तहमा सदृढ गर्ने विश्वास लिइएको छ ।
यो सम्झौताले दुई पक्षबीचको संयुक्त आर्थिक सहयोगको आधारिशिलाको रुपमा काम गर्ने बताइएको छ ।
युएई केन्द्रिय बैंकका गभर्नर खालेद बालामाले यो सम्झौतले युएई र इजिप्टबीचको द्विपक्षिय सम्बन्धलाई मजबुत बनाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्