७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


२६०७ औं भिक्षुणी संघ दिवस मनाइँदै


234
Shares

काठमाडौं । विश्वभरका बौद्ध राष्ट्रहरुमा २६०७औं भिक्षुणी संघ दिवस मनाइँदैछ ।

भाद्र शुक्ल पूर्णिमाका गौतम बुद्धबाट महाप्रजापति गौतमीको नेतृत्वमा कपिलवस्तुका ५ सय महिलालाई बुद्ध शासनमा समावेश गराउनु भएको थियो ।

अष्ट गरुधर्म पालन गर्ने शर्तमा ती महिलाहरुलाई बुद्ध शासनमा प्रब्रजित गरिएको थियो । तसर्थ प्रजापति गौतमी दिवसको रुपमा पनि यो दिवस मनाउने गरिन्छ ।

थाइलान्ड, म्यानमार, श्रीलंका, नेपाल, चीन, रसिया, यूरोप र अमेरिका लगायत देशहररुमा यो दिवस मनाइएको छ ।