
काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।
सर्वसम्मतीबाट नेतृत्व चयन गर्न असफल भएपछि आज मतदान हुन लागेको हो । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
आज बिहान ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १ सय ३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा हुनुुहुन्छ ।
अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्