२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमालेको प्रदेश अधिवेशन : कोशीमा पनि आज मतदान हुँदै


130
Shares

काठमाडौं । एमाले कोशी प्रदेशमा पनि आज मतदान हुँदैछ ।

कोशी प्रदेशमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान गर्ने कार्यतालीका रहेको छ ।

कोशी एमाले अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धामा हुनुहुन्छ । ढकाल दुई पटक पार्टीको मोरङ जिल्ला हाँकेका नेता हुन् भने खतिवडा प्रतिनिधिसभाका पूर्वसांसद हुन् ।

अधिवेशनबाट चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । इलाम, ताप्लेजुङ, खोटाङ र सोलुखुम्बुबाट सर्वसम्मत सदस्य चयन भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । कार्यालयक अनुसार, इलामबाट खुलातर्फ १० र महिलातर्फ पाँचजना निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी ताप्लेजुङबाट आठ, सोलुखुम्बुबाट आठ र खोटाङबाट ९ जना सदस्य निर्विरोध निर्वाचित भएका जनाइएको छ । अधिवेशनबाट २ सय १५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । चुनावमा ९ सय ९७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।