२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पर्वतमा बाढीले बगाएको जीप भेटियो


2.054k
Shares

काठमाडौं । पर्वतको कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ ।

कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा तीन जना सवार जीप बाढीले बगाएर बेपत्ता भएकोमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको छ ।

जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् भने अन्य दुइजनाको अवस्था अज्ञात छ । मृतकको सनाखत भइसकेको छैन । जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

बेपत्ता यात्रुको खोजी जारी छ । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजना बेपत्ता भएका थिए ।