
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहाल आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएको उल्लेख गर्दै त्यसलाई तत्काल फिर्ता लिन निर्देशन दिनुपरेको पनि स्पष्ट पार्नुभयो । उहाँले अटोप्राईसमा जाने निगमको निर्णय जनताको पीरमर्का, भावना र आवश्यक्ता विपरित रहेकाले आफूले सो निर्णयलाई फिर्ता गरएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालेल नेपाल आयल निगम स्वतन्त्र निकाय नभएकाले सरकारको निर्देशन अनुसार काम गर्ने पनि बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहालले सुन तस्करीबारे छानबिन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको पनि बताउनुभयो । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्वप्रहरीअतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्