२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मुलुकको समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि : अर्थमन्त्री महत


143
Shares

बारा । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि भएको बताउनुभएको छ ।

बाराको जितपुरमा आइतबार संजिवनी बाटिका वृद्धाआश्रमको उद्घाटन गर्दै उहाँले आर्थिक विकासका लागि सरकारको लगानी र निजी क्षेत्रको समेत सहभागिता आवश्यक रहेको बताउनुभयो ।

निजगढ-काठमाडौं निमार्णाधीन फास्टट्रयाक रकमको अभावमा नरोकिने भन्दै अर्थमन्त्री महतले पोखरा बिमानस्थल भन्दा पहिले निजगढ बिमानस्थल बनेको भए राज्यले मुनाफा लिन सक्थ्यो भन्नुभयो । संजिवनी बाटिका वृद्धाश्रमका संस्थापक फरमुल्लाह मंसुरले समाजमा वृद्धवृद्धाप्रति सम्मान र माया हराउन थालेकाले बाटिका सचालनमा ल्याएको बताउनुभयो ।