
काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् ।
अभिनेता केसीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको हो ।
काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको प्रहरीले जनाएको छ ।
अभिनेता केसीमाथि तीन दिन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।
चलचित्र रावायण खेल्न १० लाख रकम लिएर खेल्न नमानेको भन्दै निर्देशक सुदर्शन प्रडक्सनले केसीविरुद्ध दिएको जाहेरीको आधारमा उनी पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्