२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एसियन गेम्सको पदक तालिकामा चिनको अग्रता कायमै


6.149k
Shares

काठमाडौं । एसियन गेम्सको पदक तालिकामा चिनको एकलौटी अग्रता कायम रहेको छ ।

अहिलेसम्म चिनले १ सय ३८ वटा स्वर्ण पदक जितिसकेको छ । ३० वटा स्वर्ण पदक जितेको जापान दोस्रो स्थानमा उक्लिंदा समान ३० स्वर्ण जितेको दक्षिण कोरिया तेस्रो स्थानमा झरेको छ ।

१३ वटा स्वर्ण पदकसहित भारत चौथो स्थानमा रहँदा चाइनिज ताइपेइले १२ वटा तथा उज्वेकिस्तानले ११ वटा स्वर्ण पदक जितेका छन् । अहिलेसम्म २४ देशले स्वर्ण पदक जित्दा ३६ देशले कुनै न कुनै पदक जितेका छन् ।

४५ देश सहभागि एसियन गेम्सको यो संस्करणमा नेपाल भने अहिलेसम्म पदकबिहिन रहेको छ । दक्षिण एसियामा नेपालसँगै माल्दिभ्स र भुटान पनि पदकविहिन छन् ।