१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु


364
Shares

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

आइतबार राती ९ बजे सम्पन्न मतदानको मतगणना सोमबार गर्न लागिएको हो । कुल ६ सय १६ जना प्रतिनिधिहरु रहेको उक्त अधिवेशनमा ७ जना अनुपस्थित रहेका थिए ।

एमालेको प्रदेश कमिटी अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटका प्रकाश रोकाया चुनावी प्रतिस्पर्धामा छन् । शाही गोरख बोगटी समूह, शाह यामलाल कँडेल समूह र रोकाया स्वतन्त्र उम्मेदवार हुन् ।

यस्तै, प्रदेश कमिटीको उपाध्यक्षमा मुगुका दानिसंह परियार, जुम्लाका टेकराज पछाई र जाजरकोटका लालबहादुर महतरा चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी सचिवमा रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही प्रतिस्पर्धामा छन् ।

एमालेले प्रथम अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ ।