७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धनकुटामा बस दुर्घटना, ३४ जना घाइते


0
Shares

धनकुटा, असार ५ । कोसी राजमार्गअन्तर्गत् धनकुटाको भेडेटार–६ स्थित भोजपुरे-गोलाइमा मंगलबार एक यात्रीबाहक बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ कृषि भ्रमणको टोली लिएर जाँदै गरेको ना५ख ३३२८ नम्बरको बस ब्रेकफेल भइ दुर्घटना भएको जनाइएको छ ।

घाइतेहरुमध्ये चारजना गम्भीर रहेको भेडेटार प्रहरीचौकीका इन्चार्ज म्यामबहादुर बस्नेतले जानकारी दिए ।

बस सडकदेखि करिब १०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सबै घाइते यात्रीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।