
स्याङ्जा । स्याङ्जामा बजार अनुगमन तीब्र पारिएको छ ।
चाडपर्वहरु नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला भित्रका मुख्य व्यापारीक केन्द्रहरुमा अनुगमनलाई तिब्रता दिएको हो ।
चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा चापाकोट नगरपालिकाबाट अनुगमनको सुरुवात गरिएको हो ।
जिल्लाका ११ वटै स्थानीय तहमा अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिलेसम्म ५ वटा पालिकामा अनुगमन सकिएको र ६ वटा पालिकामा अनुगमन गरिने जनाइएको छ ।
अधिकांश पसलहरुमा मूल्यसूची नराखेको, म्याद नाघेका सामान बिक्री गरेको, बिल विजक जारी नभएको लगायत भेटिएको उपभोक्ता मञ्च स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्