
काठमाडौं । वल्र्ड नेवा अर्गनाइजेसनका सदस्य सिजन श्रेष्ठलाई डान्स कलचरल आर्ट सेन्टरले अन्तर्राष्ट्रिय सल्लाहाकारमा मनोनयन गरेको छ ।
डान्स कल्चरल आर्ट सेन्टरले सोमबार राजधानीमा गरेको कार्यक्रममा सो सेन्टरका सल्लाहाकार रघुवरभक्त मानन्धरले श्रेष्ठलाइ प्रमाणपत्र प्रदान गर्दै मनोनयन गर्नुभएको हो ।
सेन्टरका सल्लाहाकार मानन्धरले कला संस्कृति संरक्षणका लागि श्रेष्ठले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
त्यसैगरी वल्र्ड नेवा अर्गनाइजेसनका सदस्य श्रेष्ठले अमेरिका बसेर पनि देशको कला संस्कृतिको प्रचार प्रसार गर्ने प्रयास गरेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा डान्स कल्चरल आर्ट सेन्टरका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्