
काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित आज थप ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ भएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उनीहरुलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरिएको हो । उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउने तयारी गरिएको छ ।
यसअघि यस प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । उनीहरुले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेका थिए । पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो । अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्