
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको चाँडै मृत्यु भएपछि आफ्नो जीवन खुशीले बाच्न पाउने महिलाको अधिकारलाई समाजले बिस्तारै स्वीकारेको बताउनुभएको छ ।
मंगलबार गीत ‘रातो टिकी’ गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पूरा उमेर हुँदै आफ्नो पति गुमाउँदा बाँकी जीवनमा महिलाले पाउने दुःखका बारेमा भिडियोमा राम्रोसँग देखाइएको बताउनुभयो । उहाँले देशको पश्चिमी क्षेत्रमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रुपमा यस्तो प्रचलन रहेको भन्दै समाजलाई बदल्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अभिनेता दीपकराज गिरीले गीत सामाजिक दायित्व बोकेको रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशमा शिक्षाको अभावका कारण जनचेतना कम पुगेको अवस्थामा गीतले थप सचेत बनाउने बताउनुभयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले सामाजिक दायित्व बोकेर निस्किएको गीत धेरै नै राम्रो रहेको बताउनुभयो ।
उहाँले गीत सामाजिक विषयवस्तुमा रहेकाले सबैले मन पराउनेमा आशावादी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्