
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको धितोपत्र बोर्डले कुनैपनि काम गर्न नसकेको जिकिर समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरुले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाइ नगरेको गुनासो समेत गर्नुभयो ।
सांसद ढकालले मुलुकमा सामाजिक सदभाव भडकाउने प्रयास भईरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्