
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भूकम्पका कारण ८ वटा घरमा क्षति पुगेको छ ।
शितगंगा– २ सितापुर बजारमा मंगलबार दिउँसो बझाङ केन्द्रबिन्द भएर गएको भूकम्पका कारण ३ वटा घर बस्न नमिल्ने गरि भासिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
यस्तै, ५ वटा घर चर्किएको ईलाका प्रहरी कार्यालय ठाडाका कार्यालय प्रमुख ऋषिराम घर्ती मगरले जानकारी दिनुभएको छ । शान्ता गुरुङ्ग, विष्णु मगर र सन्तोष घमको घर पुर्ण रुपमा क्षति भएको उहाँले बताउनुभयो । विस्थापित परिवारलाई आफन्तकोमा राखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्