११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए


2.353k
Shares

काठमाडौं । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा १ सय ३५ संरचनामा क्षति पुगेको र थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् ।

जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।