
काठमाडौं । दातृ राष्ट्रको दबाब र प्रभाव नेपालका लागि नौलो विषय होइन । नेपालको आर्थिक एवं वित्तीय नीतिमा उनीहरुको प्रभाव रहने गरेको छ ।
यसबारे निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग परिसंघले खुलेर असन्तुष्टि जनाएको छ । परिसंघले मुद्रा कोषका अधिकारीहरुसँगै हालै गरेको छलफलमा नेपालको नीति, निर्देशनमा अनावश्यक दबाब नदिन कोषलाई आग्रह गरेको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन कोषलाई आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्त नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनावश्यक दबाब समेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले मुल्यबृद्धि नियन्त्रण गर्न ब्याज बढाउनु मात्रै उपयुक्त कदम नहुने तर्क पनि गर्नुभयो । अध्यक्ष अग्रवालले राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरुलाई संरक्षण गर्ने खालको मात्रै भएको बताउनुभयो ।
आइएमएफका इसीएफ मिसन प्रमुख टिडियन किन्डा, नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजलगायतका टोलीले चालुपूँजी कर्जा मार्गदर्शन लागू गरेपछि उद्योगी व्यवसायीहरुलाई परेको असर, सुधारका लागि परिसंघको धारणालगायतका विषयमा चासो राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्