२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बझाङ भूकम्पबाट भएको क्षतिप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त


1.352k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम प्रदेशमा मंगलबार बझाङ गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्प जाँदा बझाङ र आसपासका जिल्लाहरुमा भएको मानिसहरु घाइते भएको तथा भौतिक क्षति भएकोमा पूर्व राजाले दुख व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

घाइतेहरुको उपचार तथा क्षतिबाट प्रभावित घर परिवारलाई राहत उपलब्ध गराउन पनि पूर्व राजाले आग्रह समेत गर्नुभएको छ ।