१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सर्वाेच्चमा भारतीले दिएको रिट निवेदनको सुनुवाई सकयो, निर्णय आउन बाँकी


19.175k
Shares

काठमाडौं । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को राष्ट्रपतिबाट कैद सजाय मिनाहा भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

उक्त रिट निवेदनको सुनुवाई न्यायाधीश मनोजकुमार शर्माको इजलासमा भएको हो । मुद्धाको सुनुवाई सकिएसँगै अब निर्णय आउन बाँकी रहेको छ । अबैध असुलीमा संलग्न रिगलले आफ्नो असुलीमा बाधा खडा गरेको भन्दै २०७२ असार २८ मा चेतन मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।

मानन्धरको हत्यामा संलग्न मुख्य दोषी भन्दै अदालतले रिगललाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो । तर मन्त्रिपरिषदको सिफारिसमा संविधान दिवसको दिन असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको बाँकी कैद मिनाहा गर्नुभएको थियो ।

त्यसबिरुद्ध चेतनकी श्रीमती भारती मानन्धर शेर्पाले सर्वाेच्च अदालतमा रिट निवेदन दिनु भएको थियो । भारतीले सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । आफ्ना पतिको हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गर्नुभएको छ ।