२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक


1.768k
Shares

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।

बिहीबार मतदान सुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको हो ।

प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताउनुभयो ।

गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टकाअनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उहाँहरुको भूमिका उल्लेखनीय रहने बताउनुभयो । अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात उम्मेदवारिको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ ।