१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ


1.586k
Shares

काठमाडौं । देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईँलाई पक्राउ गरेको हो ।

चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।

निक्षेपकर्ताको रकम ठगी गरेको बचकर्ताको उजुरीको आधारमा चौलागाईलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । ३३ जना बचतकर्ताले चौलागाईंविरूद्ध उजुरी दिएका थिए ।