१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज जितिया पर्व सकिँदै


299
Shares

काठमाडौं । जितिया पर्व शनिबार सकिँदै छ । असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व शनिबार सकिँदैछ ।

महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया पर्वमा व्रत बस्ने गर्दछन । व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरु व्रतको विधि पालना गर्दै नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना, मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक पुजा गर्ने गर्दछन् ।

उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । एक दिन अघिबाट निराहार बसी नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने गर्दछ ।