१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल


364
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएकाे छ ।

शनिबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको भेटवार्ता उहाँहरूले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नुभएकाे हाे ।

भेटमा समसामयिक राजनीति लगायत संक्रमणकालीन न्यायसम्बधी विधेयक र विविध पक्षमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैगरि प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच पनि सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी गराउनुभयो ।

अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा पनि छलफल भएको नेता नेपालले जानकारी गराउनुभयो ।