
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भुमिकामा नरहने बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्ने भएकाले आफूहरु प्रतिपक्षको भूमिकामा प्रश्तुत नहुने बताउनुभएको हो ।
अध्यक्ष ओलीले विद्युत विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भएपनि त्यसलाई राष्ट्रिय हित अनुकुल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भुमिका निर्वाह गर्ने बताउनुभयो ।
ओलीले कानून निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्