२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एकदिवसीय विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाबीच भिडन्त जारी


1.404k
Shares

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदैछ ।

चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा जारी खेलमा दुई पटकको विश्वकप विजेता भारत ५ पटकको विश्व विजेतासँग भिडिरहेको छ ।

सन् १९८३ र २०११ को विश्वकप विजेता भारत तेस्रो जितको खोजिमा रहेको छ । लगातार तीन विश्वकप जित्ने कीर्तिमानी अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि उचालिसकेको छ ।

बलिया उपाधि दावेदार दुई देशबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।