१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा मुसहर समुदायका महिलाले खोले आफ्नै सहकारी


910
Shares

सर्लाही । सर्लाहीमा मुसहर समुदायका महिलाले आफ्नै सहकारी खोलेका छन् ।

आइतबार सर्लाहीको हरिपुरका मुसहर महिलाले महाजन मुक्त कृषि सहकारीको उद्घाटन गरि संचालनमा ल्याएका हुन् ।

हरिपुरका करिव पाँच सय मुसहर समुदायका महिलालाई समुहमा समेटेर करीव २० लाख बिउ पुँजी राखेर जिल्लाकै दोश्रो मुसहर महिलाद्वारा संचालित सहकारी बनेको छ ।

यसअघि चन्द्रनगरमा २ वर्षदेखि सहकारी गठन गरिएको मुसहर समुदायको सशक्तिकरणका लागि काम गर्दै आएको संस्था साउथ एसिया पार्टनरशिप नेपाल (साप नेपाल)का प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

सहकारीबाट आर्थिक, सामाजिक, शैक्षिक तथा राजनितिक रुपमा पछाडी परेका मुसहरको सशक्तिकरणमा सहयोग पुग्ने कार्कीले बताउनुभयो । पछिल्लो समयमा तराई मधेसमा दलित समुदायका महिलाहरु मिटर व्याजका कारण पिडित हुँदै आएका छन् ।