
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले राजनीतिक दलहरु सच्चिनुपर्ने बताउनुभएको छ ।
गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरुसँग सवालजवाफ गर्ने भन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरु सच्चिएर अघि बढनुपर्ने सांसद पन्तको भनाई थियो ।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरुले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने धारणा समेत राख्नुभयो ।
सांसद पन्तले राजनीतिक दलहरुले जनताको बीचमा जाने कामलाई तिब्रता दिनुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्