
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि सहमतिको प्रयास थालिएको छ ।
यहाँ बन्द सत्र थाती राखेर नेतृत्वमा सहमतिको प्रयास थालिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशन उद्घाटन गरी सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएसँगै नेताहरु सहमति प्रयामा लागेका हुन् ।
आइतबार नै सुरु हुुनुपर्ने बन्दसत्र सोमबारसम्म सुरु हुन सकेको छैन । यतिखेर पनि महासचिव शंकर पोखरेलले सहमतिका लागि नेताहरुसँग छलफल जारी राख्नुभएको बताइएको छ ।
अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले आकांक्षा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्