११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु


650
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु भएको छ ।

सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताउनुभएको हो । उहाँले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोेफानो चाँडो टुंग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने बताउनु भयो । उहाँले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्न आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्ध बिच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने बताउनु भयो ।