११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


आज बस्ने प्रतिनिधि सभा बैठकमा इजरायलमा अलपत्र नेपालीको विषयमा छलफल चलाउन राप्रपाको माग


117
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचि हटाएर इजरालयमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा छलफल चलाउन माग गरेको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो साढे ३ बजे बस्नेगरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचिलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूचि परिवर्तन गर्न माग गर्नुभएको हो । इजरालयमा अलपत्र नेपालीहरुको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उहाँले बताउनु भयो । इजरायलमा मात्रै नभइ अन्य विभिन्न देशहरुमा पनि अलपत्र रहेका नेपालीहरुको उद्दार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग साझा रुपमा छलफल गरी बैठकको कार्यसूचि तय गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।