
काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा समस्याको चाङ भएको बताए ।
सोमबार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले राज्यसँग चलचित्रकर्मीहरुले राखेका मागहरु शुन्यप्राय भएको बताए । उनले सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि परेको परेको बताए । उनले नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा पनि थुप्रै चुनौति रहेको पनि बताए । उनले नेपाली चलचित्रलाई राज्यले गहनाको रुपमा मात्रै बुझ्ने गरेको भन्दै आपत्ति जनाए ।
अध्यक्ष खड्काले चलचित्र क्षेत्र गहना नभइ राज्यको मेरुदण्ड भएको बताए ।
प्रतिक्रिया दिनुहोस्