६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विकास बोर्डले बनाएको ड्राफ्ट फाइनल होइन, सच्याउँछौँ : सचिव राउत


169
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले चलचित्र ऐन पुरानो भएकाले मय सापेक्ष संशोधन गर्न लागिएको बताउनुभएको छ ।

सोमबार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चलचित्र विकास बोर्डले बनाएको ड्राफ्ट फाइनल नभएको र अझै सुधार गर्न सकिने बताउनुभयो । उहाँले सरोकारवाला र विज्ञहरुको सुझावपछि मात्रै यसलाई अन्तिम रुप दिने बताउनुभयो । उहाँले बढी भन्दा बढी सम्बन्धित क्षेत्रका कुरा सुनेर मात्रै विधेयक बनाउने प्रतिवद्धता जनाउनुभयो ।

सचिव राउतले चलचित्र क्षेत्रलाई अझै कसरी मजबुत बनाउने ? भन्नेमा सरकारको ध्यान रहने बताउनुभयो ।