१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


रसुवामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते


299
Shares

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सोमबार पौने ६ बजे सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।

घाइतेहरुलाई उपचारार्थ १ जनालाई जिल्ला अस्पताल पुर्‍याइएको छ भने अन्य ४ जना सामान्य घाइते भएको र उपचारका लागि अस्पताल लानु नपरेको प्रहरीले जनाएको छ